Breaking News
चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

चितवन, साउन ४-
कोरोना भाइरस (कोभिड १९) का कारण करिब डेढ महिना रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पछिल्लो समय तिब्र गतिमा अघि बढेको छ । चितवनको रामपुरमा निर्माण भइरहेको रंगशालाको निर्माण कार्य तिब्र गतिमा भईरहेको धुर्मुस सुन्तली फाउन्डेसनले जानकारी दिएको छ ।

समयमै स्रोत साधन जुटेको खण्डमा अबको १८ महिनापछि रंगशाला निर्माण सम्पन्न हुने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
धुर्मुस सुन्तली फाउन्डेसनले स्वास्थ्य सुरक्षा अपनाई बैशाखको तेस्रो साताबाट पुनः निर्माण कार्यलाई तिब्रता दिएको हो । अहिले रंगशालामा प्यारापिटको काम भइरहेको छ ।

प्याराफिटका पिल्लरहरु तयार भईसकेका छन् । अब प्याराफिटको मुख्य स्वरूप ल्याउने काम सुरु हुने र त्यसका लागि ढलाई हुनेछ ।रंगशालाको प्याराफिट बन्दै गर्दा क्रिकेट मैदानको काम भने धेरैनै अगाडी बढेको फाउन्डेसनले उल्लेख गरेको छ । रंगशालामा नमुना क्रिकेट मैदान खेल्नका लागि पूर्णतया तयार भएको छ ।

























