Breaking News

नगरप्रमुखको पद र मर्यादालाई तेजोवध गर्न खोजियो,नगरबासी भ्रममा नपर्नुहोलाः मेयर पौडेल

Banner

गैडाकोट,साउन ४-

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सामाजिक संजालमा अफबाह फैलाएर नगरप्रमुखको पद र मर्यादालाई तेजोवध गर्न खोजिएको बताएका छन् । आज (आइतबार) पत्रकार सम्मेलन गर्दै प्रमुख पौडेलले सामाजिक संजालमा आएका अफबाहको पछाडि नलाग्न आग्रह गरेका छन् । उनले नगरको भलो नचिताउने र गलत अफवाह सिर्जना गर्दै विकासमा अवरोध गर्नेहरुले गलत प्रचार गरिरहेको बताए ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै आफूप्रति लागेका आरोपको खण्डन गरेका छन । अधिवक्ता रमेश काफ्लेसँग गैँडाकोट नगरपालिका र मेरो नामजोडी सामाजिक सञ्जालमा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नगरप्रमुख पौडेलले अधिवक्ता काफ्ले आफ्नो कानुनी सल्लाहकार नभएकोले उनका कामकारबाहीमा नगरपालिकाको कुनै पनि सम्बन्ध र दायित्व नहुने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा नगरप्रमुख पौडेलले भनेका छन्, ‘तथ्यहिन भ्रामक समाचार मार्फत् नगरप्रमुखलाई विवादमा ल्याई नगरप्रमुखको पद र मर्यादा तेजोबध गर्न खोज्ने गलत समाचारको पछि नलाग्न आम नगरबासीलाई आव्हान गर्दछु ।’ उनले ‘हेलो मेयर’ कार्यक्रममार्फत अभिव्यक्त भएका कतिपय शब्द बाध्यताबस व्यक्त गरिएको भन्दै आफ्नो लागि नगरबासी सबै बुबा आमा सरह सम्मानिय भएको बताएका छन् ।

नगर प्रमुख पौडेलले कतै कुनै नराम्रो शब्द व्यक्त भए पनि त्यो शब्द आफ्नो चरित्र हत्या गर्न खोज्ने, भ्रमक समाचार प्रसारण गरेर विकासमा अवरोध गर्नेहरुप्रति लक्षित रहेको प्रष्ट पारेका छन् । उनले भने, ‘नगरको हित र उन्नतीको लागि नगरबासीबाट प्राप्त मत र विश्वासको म सधैभरी कदर र सम्मान गरिरहन्छु । ’ नगर प्रमुख पौडेलले आफू सधै समृद्ध गैँडाकोटको पक्ष रहेको भन्दै नगरमा पटक पटक नगरको विकासमा अवरोध पु¥याउने कार्य हुँदै आएकोमा दुःख व्यक्त गरे । उनले विज्ञप्तिमा आफूले विकासका कार्यमा आफ्नै सहकर्मीबाट सहयोग पाउन नसकेको भन्दै काममा अवरोध सिर्जना गर्ने, कार्यकक्षमा ताला लगाउने जस्ता गैरजिम्मेवार कार्य पटकपटक हुँदै आएकोमा चिन्ता पनि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>