Breaking News

पुरानो मेडिकल कलेजमा अवैध मिर्गौला प्रत्यारोपण आरोपमा १२ जना पक्राउ गरी सार्वजनिक

Banner

चितवन,असार २८-

चितवनको पुरानो मेडिकल कलेजमा अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ। उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ।

वडाध्यक्षले बनाए नक्कली भान्जा

प्रहरी स्रोतका अनुसार घटना ०७६ जेठको हो । मिर्गौला लिने र दिने दुवै नेपाली नागरिक नै हुन् । मिर्गौला दिने व्यक्ति पूर्वी नेपालको ओखलढुङगाका राई थरका हुन् भने लिने व्यक्ति भक्तपुरका बतास भनिने व्यक्ति । उनीहरुको आपसमा नाता थिएन । तर ललितपुर महानगरका वडाध्यक्षले भान्जा नाता पर्ने भन्दै कागजपत्र बनाइदिए ।

१३ लाखमा दिइएको थियो मिर्गौला

उच्च प्रहरी स्रोतका अनुसार नक्कली भान्जाबाट १३ लाखमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो । मिर्गौला बेच्ने व्यक्तिको हातमा ८ लाख परेको प्रहरी स्रोतको दाबी छ । मिर्गौला प्रत्यारोपण पनि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>