Breaking News

माडीमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Banner

चितवन, असार २६–

चितवनमा लगातार वर्षा भइरहेको छ । विशेषगरी जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।

रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबै प्रदेशभा वर्षा भइरहेको छ । चितवनमा विशेषगरी नारायणी, रिउ, राप्ती खोलाबाट बाढी आउने खतरा रहेको छ ।

चितवन प्रशासनले बाढी आउन सक्ने भएकाले सबैलाई सतर्क भएर बस्न आग्रह गरेको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>