Breaking News

बाघमारा सामुदायिक वनमा प्रफुलित जनावर (फोटोफिचर)

Banner

चितवन, असार २५–

कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) अझै जारी छ । धेरै जसो क्षेत्रको लकडाउन खुकुलो भए पनि पर्यटनलगायतका अन्य क्षेत्र पूर्ण रुपमा लकडाउन नै छ । यही कारण पर्यटकीय क्षेत्रहरु सुनसान छन् । तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको मुख्य विशेषता भनेकै एक सिंगे गैंडा हो ।

चितवन राष्ट्रिय निकुञ्जमा होस् या यहाँका मध्यवर्ती क्षेत्रमा रहेका गैंडा हेर्नकै लागि विदेशी तथा स्वदेशी पर्यटकहरु यहाँ आउने गरेका छन् । अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द हुँदा निकुञ्ज र सामुदायिक वनका वन्यजन्तुलाई हाइसन्चो भएको छ । यहाँ रहेका जनावर अहिले प्रफुलित बनेका छन् ।

उनीहरु कुनै अवरोध र डर नमानी स्वतन्त्रपूर्वक हिडिरहेका छन् । सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा अहिले त्यस्तै दृश्य देख्न सकिन्छ । सो सामुदायिक वनमा एक गैंडा, चित्तल, मृग, जरायो, मयूँरलगायतका जीवजन्तु सहजै देख्न सकिन्छ । वनका अध्यक्ष जीतु तामाङले भने–‘अहिले खुलस्त भएर जनावरहरु देख्न सकिन्छ, लकडाउनले जनावरलाई धेरै सहज बनाएको छ ।’

वन्यजन्तुलाई सहज होस् भन्नका लागि वनमा घाँसे मैदान विस्तार गरिएको छ । जनावरलाई निस्कन सहज होस् भनेरै जंगल भित्रका खाली मैदानलाई पुरै सफा पारिएको छ । अहिले जंगलको वातारण हरियाली बनेको छ भने जंगलै चिटिक्क सजिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा विशेषगरी हात्ती सफारीका लागि पर्यटकहरु आउने गरेका छन् ।

गतवर्ष एक लाख बढी पर्यटकले बाघमारा सामुदायिक वनको अवलोकन गरेका थिए । तर यसवर्षको मुख्य सिजनमै कोरोनाको कहरले पर्यटकहरु भित्रिन पाएनन् । आन्तरिक पर्यटक पनि कम नै भए । त्यसैले गतवर्ष भन्दा यसवर्ष पर्यटकको संख्या स्वत घट्ने नै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>