Breaking News
चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असार २१–
चितवनका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (आइतबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१० का ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ती पुरुषको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिए ।
संक्रमित पुरुष असार दोस्रो साता दुवईबाट आएका थिए ।
ती पुरुष होम क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराएका थिए ।
भरतपुर–१० मा कोरोना देखिएको पहिलोपटक हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























