Breaking News

चितवनको कालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार १७–

चितवनमा आज (बुधबार) राती थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका अनुसार कालिका नगरपालिकाका २७ वर्षीया एक महिला र ३६ वर्षका एक पुरुष रहेका छन् ।

आज बिहान मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् ।

योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>