Breaking News

राप्ती नगरपालिकाको बजेट ८२ करोड

Banner

चितवन, असार १०–

चितवनको राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज (बुधबार) आयोजित नगरपालिकाको सातौँ नगरमा उपप्रमुख इमानसिंह लामाले आर्थिक वर्ष २०७७/७८ का लागि ८२ करोड २६ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षमा चालु तर्फ २५ करोड २२ लाख ११ हजार र पूँजीगततर्फ २३ करोड २ लाख रुपैयाँ रहेको छ । आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेटमा सर्शत अनुदानका कार्यक्रम समावेश नगरिएको उपप्रमुख लामाले बताए ।

आगामी वर्ष आन्तरिक श्रोतबाट ७ करोड, प्रदेश सरकारबाट राजश्व बाँडफाँडमा ४ करोड १८ लाख ,संघीय सरकारबाट राजस्व बाँडफाँड तर्फ ११ करोड ६० लाख १४ हजार, संघीय सरकार समानिकरण अनुदानबाट १६ करोड ६२ लाख, संघीय सरकार सर्शत अनुदान २९ करोड ३७ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७ लाख, प्रदेश समपुरक अनुदान १ करोड ६ लाख, प्रदेश विशेष अनुदान ३० लाख, प्रदेश सर्शत अनुदान २ करोड ९८ लाख, मौज्दात रकम ७ करोड ७६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

प्रस्तावित बजेटलाई क्षेत्रगत रुपमा सशर्त अनुदान बाहेक आर्थिक विकासमा ४ करोड १६ लाख, कृषि, पशु र सहकारीतर्फ २ करोड ५६ लाख, सामाजिक विकासतर्फ ७ करोड ४ लाख, शिक्षातर्फ १ करोड ८१ लाख, स्वास्थ्यतर्फ १ करोड ४८ लाख, पूर्वाधार विकासमा १० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै सडक पूलतर्फ ७ करोड ६१ लाख, भवन तथा शहरीतर्फ २ करोड २४ लाख, व्यवस्थापन तथा सुशासनतर्फ ३ करोड ७७ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ९३ लाख, कार्यालय संचालन तथा प्रशासनका लागि १५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए ।

नगर सभामा आगामी वर्षका लागि नगर प्रमुख प्रभा बरालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । अहिले जारी संक्रामक कोरोना भाईरस नियन्त्रणको कामसंगै कृषि, स्वास्थ्य, पशुपालन, शिक्षा, पर्यटन, उद्योग व्यवसाय प्रवद्र्धनका कार्यक्रम समावेश गरिएको नगर प्रमुख बरालले बताईन् । नगर प्रमुख बरालका अनुसार नगरभित्रका करिव ५ सय बेरोजगार युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्ने र युवा लक्षित कार्यक्रम संचालन गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>