प्रदेश १
प्रदेश नं.१ मा ३० जना कोरोना सङ्क्रमित
०

विराटनगर,बैशाख १४-
प्रदेश नं.१ मा हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ ।
प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























