गण्डकी

मनकामना मन्दिरका पुजारीको बन्दुक प्रहरीले खोस्यो

Banner

गोरखा, वैशाख ७–

प्रहरीले मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेपछि उनको साथमा रहेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको हो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार पुजारी रातीको समयमा शिकार खेल्न निस्कन लागेको सूचनाको आधारमा बन्दुक नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>