गण्डकी
बाग्लुङकी कोरोना संक्रमित महिला पनि डिस्चार्ज भइन्
०

बाग्लुङ, वैशाख ६–
कोरोना संक्रमणलाई जितेकी बागलुङकी ६५ बर्षीया महिला आज डिस्चार्ज भएकी छन् । दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ ।
उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा पाएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो। तेस्रो र चौथोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको अस्पतालले जनाएको हो।
धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनले अस्पतालको तीन साता लामो बसाईपछि सकुशल फर्कने मौका पाइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























