देश/प्रदेश
काठमाडौंबाट ३३ जनाको चिकित्सक टोली धनगढी पुग्यो
०

कैलाली, वैशाख ५–
सरकारले ३३ जनाको टोली सुदूरपश्चिम खटाएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र उपचार प्रभावकारी बनाउनका सरकारले खटाएको ३३ जनाको चिकित्सक टोली आज काठमाडौंबाट धनगढी आइपुगेको छ ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकको टोली सुदूर पश्चिम प्रदेश पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले चार्टर्ड गरेको जहाजमा चिकित्सक टोली धनगढी आएको हो ।
यति एयरको एटीआर ७२–५०० जहाबाट चिकित्सक धनगढी पुगेका हुन् । स्वास्थ्य मन्त्रालयले पहिलो पटक यति ठूलो संख्यामा चिकित्सकलाई हवाई यात्राबाट एक क्षेत्रमा पुर्याएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले चार्टर गरी पठाइएको चिकित्सक टोलीले कोरोना रोकथामको उपचारका लागि केन्द्रीत भएर सेवा दिने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























