देश/प्रदेश

कोरोना संक्रमित पत्ता लगाउन एनसेलले सुरु गर्‍यो सर्वेक्षण

Banner

काठमाडौं, बैशाख ३–

एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन बुधबारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने एनसेलले जनाएको छ ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइने एनसेलले जनाएको छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणमा भाग लिनु पूर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाईकोरोनाभाइरस महामारीको रोकथामतथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ ।

“कोरोना भाइरसविरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्नहामी प्रतिवद्ध छांै । हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहकमाझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोना भाइरसको जोखिम भए÷नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । यस विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामी आफ्ना १ करोड ७० लाखभन्दा बढी ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं”, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भागलिई आफुमा कोरोना भाइरस संक्रमणको जोखिम भए÷नभएकोे थाहा पाउन सक्नेछन् । पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पूर्व तथा सूदुरपश्चिममापनि शुरु गरेको थियो । यहि सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्य अवस्था अनुसार अपनाउन पर्ने उपयुक्त सल्लाह सहितको एसएमएस पठाइएको थियो र निःशुल्क रुपमा सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोना भाइरस सम्बन्धि परामर्श लिन सकिनेबारे जानकारी गराइएको थियो । विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान पनि गरिसकेको छ । यो सहयोगले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । त्यस्तै एनसेल यस विपद्को समयमा आफ्ना ग्राहकहरुलाइ सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्न विभिन्न सेवाहरु जस्तै रिचार्जमा १२० प्रतिशत बोनस, सापटी रकमा वृद्घि, १५ जीबी डेटा प्याक, निःशुल्कब् यालेन्स ट्रान्सफर लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>