देश/प्रदेश
आन्तरिक उडान पनि वैशाख १८ गतेसम्म बन्द
०

काठमाडौं, वैशाख २–
नेपालको आन्तरिक वैशाख १८ गतेसम्म बन्द हुने भइको छ । सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मंगलबारको मन्त्रिपरिषद् बैठकले वैशाख १८ सम्मै आन्तरिक व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८ सम्म रोक्ने निर्णय गरेको थियो ।
सरकारले गरेको यो निर्णय नागरिक उड्डयन प्राधिकरणमार्फत आन्तरिक वायुसेवा सञ्चालकलाई पत्रमार्फत गराइने छ । सरकारले चैत ९ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको थियो भने चैत १३ देखि आन्तरिक उडान रोकेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























