Breaking News

धादिङका एक युवकको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

Banner

धादिङ, वैशाख २–

धादिङमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।

आज (मंगलबार) गरिएको ¥यापिड टेष्टमा ती २७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो । ¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि पीसीआर मेसिनबाट कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । यी युवक मार्च ४ मा दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । यसअघि पनि धादिङका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>