देश/प्रदेश
भारतसंगको सीमा नाका अनिश्चितकालिन बन्द गर्ने सरकारको निर्णय
०

काठमाडौं, वैशाख २–
सरकारले भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गर्ने निर्णय समेत गरेको स्रोतले जनाएको छ । भारतमा तीव्र रुपमा कोरोना संक्रमण फैलिरहेकाले नेपालले यस्तो निर्णय गरेको हो ।
लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























