राजनीति
प्रधानमन्त्री ओलीले गरे कुवेतका समकक्षीसँग संवाद
०

काठमाडौं, चैत २५–
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेको कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्विट मार्फत जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























