राजनीति
प्रधानमन्त्रीलाई यूएईका युवराजले भनेः ढुक्क रहनुहोस्, नेपालीलाई युएईका नागरिकसरह व्यवहार गर्छौं
०

काठमाडौं,चैत २४-
प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईमा रहेका नेपाली कामदारका सन्दर्भमा त्यहाँका युवराजसँग चासो व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारीबीच त्यहाँ रहेका नेपाली कामदारको सुरक्षाको विषयलाई लिएर युवराजसँग कुराकानी भएको प्रधानमन्त्री ओलीले बताएका छन्। कुराकानीमा यूएईका युवराजले नेपाली कामदारलाई यूएईका नागरिकसरह व्यवहार हुने प्रतिवद्धता जनाएको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत जानकारी दिएका छन्।
ओलीले लेखेका छन्ः आज साँझ अबुधावी–युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेको जिज्ञासामा उहाँले भन्नुभयो– नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु-याएको योगदानको प्रशंसा गर्दछु । ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























