Breaking News

चितवनबाट हेटौंडा पठाइएको १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

०
Banner

चितवन, चैत २४–

चितवनबाट कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षणका लागि हिजो (आइतबार) हेटौंडा पठाइएको १० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको ७ जना, चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र गुञ्जमान सिंह अस्पताल रत्ननगरको एक/एक जनाको कोरोना परीक्षण रिपोर्ट आएको कोरोना अस्पतालका सूर्य तिवारीले नारायणी अनलाइनलाइ जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘हिजो हामीले संकलन गरी पठाइएको १० जनाकै रिपोर्ट आज नेगेटिभ आएको छ ।’

कोरोना अस्पताल र जिल्लाका अन्य अस्पतालका गरी हेटौंडामा ३० वटा नमुना परीक्षण हुँदै सबै नेगेटिभ आएको तिवारीले जानकारी दिए । यससंगै चितवनबाट हालसम्म पठाइको ७९ वटा नमुना परीक्षणको रिपोर्ट नै नेगेटिभ आएको छ ।

यसैबीच भरतपुर कोरोना विशेष (अस्थायी) अस्प्तालले आज (सोमबार) १६ जनाको नमुना संकलन गरी कोरोना परीक्षणका लागि भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा पठाएको छ ।

अस्पतालका सूर्य तिवारीका अनुसार चितवन र नवलपुरका गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । उनले नारायणी अनलाइनसंग भने–‘भरतपुर ल्याबमा पठाइएको नमुना धेरैजसो विदेशबाट आएका व्यक्तिहरुका छन्, अन्य ज्वरोका बिरामीहरुको पनि पठाएका छौं ।’

भरतपुर कोरोना अस्पतालमा आज विहानसम्ममा २८२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>