राजनीति

सरकारले सक्दैन भने हात उठाओस, हामी उद्धार गर्छौंः नेतृ आरजु

Banner

काठमाडौं,चैत २१-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवम् नेतृ डा.आरजु राणाले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई निरिह भनेर टिप्पणी गरेकी छिन् ।

कांग्रेस नेतृ डा.राणाले नेपाल–सिमानामा रोकिएका नेपालीहरूका विषयमा उचित कार्य गर्न नसकेको भनेर सरकारलाई आग्रह गरिन् । उनले सरकारले सक्दैन भने आफूहरूलाई जिम्मेवारी दिए स्वास्थ्य जाँच गराएर ती नेपालीहरूलाई नेपाल प्रवेश गराउन तयार रहेको बताइन् ।

‘निरिह सरकार ! अब त धेरै दिन बितिसके । के हाम्रो देश यति गरिब छ कि सिमानामा भोकभोकै आकाशमुनि सुत्न बाध्य भएकाहरूको जाँच गरेर आफ्नै देशमा क्वारेन्टाइनमा राख्न सकिँदैन ?’, फेसबुकमा उनले भनेकी छिन्, ‘हो ! सबै जनाहरूलाई एकै दिनमा नसकिएला, तर सुरुवात त गरौं ।’

‘सरकारले आफै गर्न सक्दैन भने परीक्षण गर्ने उपकरणहरू र पीपीई किन्ने व्यवस्था मिलाइदिए हामी नागरिक समाजबाट गराउँछौँ’, डा.राणाले भनेकी छिन्,‘हामी श्रोत जुटाउँछौं । अब त अत्ति भयो ? कहिलेसम्म सिमानाका सडकहरूमा बिजोग हेरेर बस्ने ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>