Breaking News

आज र भोलि रौतहटको गौर ‘सटडाउन’, औषधि बाहेकका सबै पसल बन्द

Banner

रौतहट, चैत १६–

बिहान र साझको समयमा मानिसहरुको भीड नै लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले दुई दिनका लागि ‘सटडाउन’ घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । यो निर्णयसंगै आज (आइतबार) र भोलि (सोमबार) पूर्णरुपमा बजार बन्द हुनेछ भने औषधि पसलहरु मात्र खुल्ला रहने छ । आज विहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने उनीहरुले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेका छन् ।

सरकारले लकडाउन घोषणा गरे पनि उल्लंघन गर्ने क्रम बढ्दै गएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । बजारहरु बन्द भएपनि अत्यावश्यक खाद्यान्नका लागि उद्योग वाणिज्य संघको सहकार्यमा सहज आपूर्तिको व्यवस्थापन भइरहेको प्रजिअ घिमिरेले बताए ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>