Breaking News

एक साता अझै लकडाउन बढाउने सरकारको तयारी

Banner

काठमाडौं, चैत १४–

नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन अझै एक साता बढाउने तयारी थालेको छ ।

हवाई र स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका मानिसहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्मका लागि लकडाउन बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ । लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइ सकेको छ ।

‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगी÷व्यवसायीहरुलाई भनिसकेको जानकारी दिए ।

पछिल्लो समय भारत सरकारले समेत कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेकोले यसको प्रभाव नेपालमा समेत पर्ने संभावना देखिएको छ। नेपालले सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि लकडाउन घोषणा गरेको थियो। लकडाउन घोषणा गरिएको चौथो दिनसम्म आइपुग्दा उल्लंघन गर्ने क्रम पनि भइरहेकाले सरकारले विशेष तयारी थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>