नवलपुर

नवलपरासीमा एउटै मोटरसाइकलमा तीनजना चढ्दा दुर्घटना,एकको मृत्यु, दुई घाइते

Banner

कावासोती,चैत १४-

नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना ४३ प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका–७ चोरमारा बस्ने २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

दुर्घटनामा परी घाइते सोही स्थान निवासी ३० वर्षीय बुद्धिराम महतोको भरतपुरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल सामान्य घाइते भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>