राजनीति
अस्वस्थ भएपछि प्रधानमन्त्रीलाई राति नै अस्पताल लगियो
०

काठमाडौं,चैत १४-
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियाक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो । डा.शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ ।
उहाँको स्वास्थ्य अहिले ठिक छ । राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं । उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो, उनले भनिन्,अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























