Breaking News

भरतपुरमा अस्पतालमा कोरोना संक्रमितका लागि १० शैय्याको आइसीयू

Banner

चितवन, चैत १३–

चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरुको उपचारका लागि १० शय्याको आईसीयू सञ्चालन गर्ने भएको छ ।

अस्पतालको आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो । आइसियूका लागि चलिरहेको न्यूरो वार्डलाई खाली गरी १० शय्याको बनाउन निर्णय भएको अस्पतालका सूचना अधिकारी लिलाधार पौडेलले जानकारी दिए । अस्पतालले १० वटा भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । अस्पतालले पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि उपलब्ध गराइदिन मन्त्रालयलाई आग्रह गरेको छ ।

अस्पतालले १९ शय्या रहेको आइसोलेसन कक्षलाई विस्तार गरी ३० शय्याको बनाउने भएको छ । सूचना अधिकारी पौडेलका अनुसार अस्पतालका क्याविनहरुलाई आइसोलेसन वार्डमा रुपान्तरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>