प्रदेश १

कोरोनाबाट बच्न विराटनगरमा किटनाशक औषधि छर्न सुरु

Banner

मोरङ,चैत १३-

विराटनगर महानगरपालिकाले डिस इन्फेक्सन औषधि छर्न सुरु गरेको छ। महानगरपालिकाले पहिलोचरणमा वडा नम्बर १९ मा अवस्थित स्वास्थ्य उपचार केन्द्र, कोशी अस्पताल र महानगर भवनमा स्पे्र गरेर अभियान सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन ।

कोरोना भाइरस कोविड १९ प्रति सतर्कता तथा अन्य रोग नियन्त्रणका लागि सोडियम हाइपो क्लोराइडसहितको स्प्रे गरिएको मेयर पराजुलीले बताए। यसका लागि महानगरकै निगरानीमा स्प्रे बनाएको र आवश्यक्ता अनुसार जनशक्तिसहित नगरको स्वास्थ्य सुरक्षामा खटिने मेयर पराजुलीले जानकारी दिए।

स्प्रे विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ को मापदण्ड अनुसार बनाइएको महानगरले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>