राजनीति

चीनले नेपाललाई दियो २ हजार कोरोना भाइरस ‘टेस्टिङ किट’

Banner

काठमाडौं,चैत १२ –

चीनको एक कम्पनीले नेपाललाई दुई हजार थान ‘टेस्टिङ किट’ सहयोग स्वरूप उपलब्ध गराएको छ । बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडले कोरोना भाइरस ९कोभिड–१९० जाँच्ने एन्टिजेन डिटेक्सन रिएजेन्ट ‘टेस्टिङ किट’ नेपाललाई उपलब्ध गराएको हो ।

बुधबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासलाई उक्त किट बुझाएको चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशीलकुमार लम्सालले जनाएका छन् । उनका अनुसार उक्त किट बुधबार नै नेपाली महावाणिज्य दूतावास ल्हासामा पठाइसकिएको छ । उक्त किट स्थलमार्गबाट पठाउन ल्हासाबाट पठाइएको हो ।

बुधबार एक समारोहबीच बेइजिङ सावन्त बायोटेक्नोलोजी कम्पनी लिमिटेडका महाप्रबन्धक याङ क्वोफिङले कुल ३० हजार अमेरिकी डलर मूल्य पर्ने उक्त टेस्टिङ किट कार्यवहाक दाजदूत लम्साललाई हस्तान्तरण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>