Breaking News

विश्व रंगमञ्चमा कोरोनाले बढाएको चीनको शान

Banner

मधुसूदन दवाडी-

जनवरीको मध्यबाट चीनमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस(कोभिड– १९) को संक्रमणलाई चीनले नियन्त्रण गरेको छ । चीनमा ठूला डिपार्टमेन्टल स्टोरहरु खुल्न थालिसकेका छन् भने जनजीवन सहजरुपमा पुरानै अवस्थामा फर्कन थालेको छ । भर्खर भाइरस फैलिँदै गर्दा अमेरिकालगायत केही पश्चिमा देशहरुले चीनको व्यापक विरोध गरे । कतिपय दैनिक पत्रिकाहरुले माओको फोटोमा नै माक्सलगाएको देखाएर चीनलाई होच्याउने काम गरे । तर, अन्तत देशको सम्पूर्ण साधन र स्रोत परिचालन गरेर कोरोनाको युद्ध चीनले जित्न सफल भएको छ । भाइरसविरुद्धको युद्धमात्र चीनले नजितेर अब चीन विश्वको रंगमञ्चमा सबैभन्दा शक्तिशाली र प्रभावशाली देशको रुपमा आफ्नो शान बनाउन सफल भएको छ ।

 राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसको उद्गमस्थल बुआन शहरको भ्रमण गरिसकेका छन् । अहिले देश आफ्नो देशमा कोरोना नियन्त्रण गरेर विश्वका कतिपय देशमा कोरोना नियन्त्रणबारे सचेतना दिने काममा खटेको छ । जसबाट चीनको शान र गौरव बढ्दै गएको देखिन्छ । इटालीलगायत कयौं युरोपियन देशमा मेडिकल सामग्रीसहित चिनीया झण्डा फरफराउँदै चिनीया चिकित्सकहरुको टोली पुगेको छ । विश्वकै शक्तिशाली मानिएका देशहरु अमेरिका, बेलायत, जर्मनीजस्ता देशहरु नियन्त्रण गर्नमा संकट परिरहेको समयमा चीनले कोरोना विरुद्धको युद्धमा सफलता हासिल गरेको छ । यसरी युद्ध जित्नुमा व्यवस्थित कम्युनिस्ट शासन प्रणाली पनि जिम्मेवार छ । चिकित्सकका काम कारबाहीमाथि कडा नियन्त्रण र निरन्तरको अनुगमनले पनि उनीहरुलाई सफल बनायो । यदि चिकित्सक र नागरिकले मनपरी गर्न खोजेको भए चीनमा यो संक्रमण नियन्त्रणमा आउने सम्भावना नै थिएन । कम्युनिस्ट सरकारले सम्पूर्ण नागरिकमाथि निगरानी र नियन्त्रण राख्दा नै यस्तो कठिन कार्यमा चीनले विजय हासिल गरेको हो । राज्य संयन्त्र फितलो भएको भए विश्वकै धेरै जनसंख्या भएको देशका नागरिकलाई थुनेर राख्न पक्कै कठिन नै थियो । एक हप्तामा नै एक हजार शैयाको अस्पताल बनाएर चीनले विश्वलाई नै आश्चर्यमा पारिदियो । देशका सैन्य टोलीलाई सहीरुपमा परिचालन गरेर नै चीनले कोरोनाको संक्रमणलाई नियन्त्रण गरि छाड्यो ।

चीनले चालेको कदमले विश्वभरि मात्रै होइन चीनभरि पनि यो भाइरस संक्रमण सजिलै फैलिन भने पाएन। यस कोरोना भाइरसको उद्गमस्थल चीनको हुवै प्रान्तको बुहान सहरमा संक्रमण भएको पाउनेबित्तिकै उक्त सहरको आवतजावत रोकेर भाइरसलाई चीनभरि मात्रै होइन सारा संसारमा पैmलिनबाट जोगाएको छ। विश्वलाई धेरै हदसम्म सुरक्षित महसुस गराए पनि चीनको अरू सहर र प्रान्तमा यो भाइरस फैलिनबाट रोक्न भने सकेन जसले आम चिनियाँको जीवन प्रभावित बनाएको छ । चीनसँगै विश्व अर्थतन्त्रमा समेत असर पु¥याएको छ । संकटबाट गुज्रिएको चीन संकटप्रतिको विजयसँगै नयाँ ढंगले शक्ति र शानसँगै उदाएको छ ।

विश्वभरि चीनमा निर्मित वस्तुको खपत धेरै हुन्छ । चीन विश्वमा सबैभन्दा ठूलो उत्पादनकर्ता मुलुक हो । दोस्रो आर्थिक शक्ति राष्ट्रसँगै चीन विश्वमा सबैभन्दा ठूलो व्यापार गर्ने मुलुकमध्ये एक हो । सबैभन्दा ठूलो निर्यातकर्ता र आयातकर्ता मुलुकमध्येको एक हो । साथै ‘मेड इन चाइना’ अहिले आएर सस्तो मात्रै होइन की टिकाउ र भरपर्दाे पनि भइसकेको छ। २०१९ मा चीनको वैदेशिक व्यापार ३.४ प्रतिशतले बढ्दै ३१.५४ ट्रिलियन युआनको कारोबार भएको तथ्यांकले देखाउँछ। यो संक्रमण अझै केही महिना भयावह रहने हो भने मागअनुसारको आपूर्ति नभएर विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्ने छ । सन् २०१९ मा चीनले निर्यात गरेका विद्युतीय सामग्री, विद्युतसम्बन्धी र मेसिनरी वस्तुको व्यापार मात्रा १०.०६ ट्रिलियन युआन थियो । चीनको भन्सार प्रशासनका अनुसार, २०१९ मा निर्यात तथा आयातमा संलग्न रकम क्रमशः १७.२३ ट्रिलियन र १४.३१ ट्रिलियन छस जुन अघिल्लो वर्षको तुलनामा २०१९ मा निर्यात ५ प्रतिशत र आयात १.६ प्रतिशतले बढेको छ । अहिले विश्वका धेरै देशमा चिनीयाँ सामग्री नपुग्दा चीनलाई भन्दा पनि ती देशका नागरिकलाई बढी समस्या परेको देखिन्छ । विश्वबजारमा चीनसँगको परनिर्भरता कति छ भन्ने राम्रो उदाहरण कोरोनाले चिनीयाँ सामग्री नपुग्दा विश्वभरमा परेको समस्या नै हो । यद्यपि अमेरिकाका र्डिपार्टमेन्टल स्टोरहरु पनि चिनियाँ वस्तु बिना खाली हुन थालेका देखिन्छन् ।

धेरै वर्षयता विश्व अर्थतन्त्रमा चीनको आर्थिक वृद्धि योगदान दर ३० प्रतिशत छ । चीन निरन्तर विश्वको आर्थिक विकासको ‘इन्जिन’ बन्दै आएको छ। हाल महामारीबाट चीनको अर्थतन्त्रसँगै विश्व आर्थिक जगतमा केही असर परे पनि चीनको आर्थिक विकासका आधारभूत अवस्थामा परिवर्तन हुने छैन। यसर्थ चीनले विश्वको आर्थिक वृद्धि दरलाई निरन्तर रूपमा शक्ति थप्ने नै छ। तर अमेरिका र चीनले भने यहाँ पनि शक्ति संघर्षलाई छाडेका छैनन् । यसअघि व्यापार र वित्तीय प्रणाली, जलवायु परिवर्तनलाई शक्ति संघर्षको विषय बनाएका दुई देशले कोरोना भाइरसको विषयलाई लिएर एकअर्कालाई होच्याउने र आक्रमण गर्ने क्रम चलिरहेको छ । नियन्त्रित राजनीतिक प्रणाली र शासन सत्ताको कारणले पनि चीनले अन्य देशसँगको शक्ति संघर्षमा निरन्तर जीत हासिल गर्नेछ ।

(विभिन्न एजेन्सीहरुमा आधारित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>