राजनीति

नेकपा सांसद पदम गिरीले आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने

Banner

पर्वत,चैत ९-

सत्तारूढ नेकपाका एक जना सांसदले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् ।

नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य पदम गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन् ।

सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताएका छन् । उनले यस कार्यमा सघाउन स्थानीय तहका जनप्रतिनिधि र देश विदेशमा रहेका सबैलाई आह्वान समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>