राजनीति

२४ घण्टामा एक लाख बढीले काठमाडौं छाडे

Banner

काठमाण्डौ,चैत ७-

शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाण्डौ भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डौ आएका छन् । यो बुधबारको भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण काठमाण्डौ उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>