राजनीति
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा ५ सय धरौटीमा छुटे
०

काठमाडौं,चैत ५ –
गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार उनीसँग धरौटी माग गरेको थियो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले मागेको पाँच सय धरौटी बुझाएर उनी रिहा भएका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























