देश/प्रदेश
नवलपुरमा कोरोनाबारे पत्रकारलाई अभिमुखीकरण

कावासोती, चैत ५-
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस( कोभिड–१९)का बारेमा आज नवलपुरको कावासोतीमा पत्रकारहरुका लागि अभिमुखीकरण गरिएको छ ।
सायरा मिडियाएण्ड इभेण्ट्स प्रालिको आयोजनामा सञ्चालित सो कार्यक्रममा पुष्पाञ्जली अस्पतालका प्रवन्ध निर्देशक डा भोजराज अधिकारीले पत्रकारलाई सहजीकरण गरेका थिए । कार्यक्रममा डा अधिकारीले कोरोना भाइरसको उत्पती, यसले पु¥याएको असर, यसका लक्षणहरु, यसले पार्नसक्ने जोखिम, यसबाट बच्न सक्ने उपायका बारेमा पत्रकारहरुलाई जानकारी दिएका थिए । उनले कारोनाबारेका यथार्थ र भ्रमका विषयमा समेत पत्रकारहरुलाई प्रष्ट पारेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले ससमायिक विषयमा पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममको प्रशंसा गरेका थिए । उनले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरुले यथार्थ कुराका बारेमा सूचना प्रवाह गर्न अझै सहज हुने उनको भनाइ थियो । सो अवसरमा बोल्दै सिदार्थ आवासीय माध्यमिक विद्यालयका प्राचार्य भोजराज दाहालले वर्तमान समयमा अती आवश्यक विषयमा कार्यक्रम राखेको भन्दै यस प्रकारको कार्यक्रमले पत्रकारहरुलाई रिपोटिङमा अझै सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सिदार्थ आवासीय माध्यमिक विद्यालयको तर्फबाट एक एक थान मास्कसमेत पत्रकारहरुलाई उपलब्ध गराइएको थियो । सोही अवसरमा विद्यालयले सहयोग गरेको एसईई दिने विद्यार्थीहरुका लागि मास्क पनि रोटरी क्लब अफ कावासोती मार्फत् विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
कोरोनाका बारेमा पत्रकार आफै अन्योलमा हुँदा सूचना सम्प्रेषणमा असर परेको कुरालाई मध्यनजर गर्दे कार्यक्रमको आयोजना गरिएको सायरा मिडिया एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष एवम् प्रवन्ध निर्देशक रमेश वस्ताकोटीेले जानकारी दिए । कार्यक्रम साएरा मिडिया एण्ड ईभेण्ट्स प्रालिद्वारा सञ्चालित सत्यकलम डटकम डिजिटल पत्रिकाका सम्पादक शालिकराम कोइरालाको अध्यक्षतामा भएको थियो ।

























