कृषि
पर्वतमा माटो परिक्षण शिविर सम्पन्न

पर्वत,चैत ४-
पर्वतमा माटो परिक्षण शिविर सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा न १ पाङराङ्ग र वडा न २ थापाठाना चैत १ र २ गते शिविर सम्पन्न भएको हो ।
कृषि प्राबिधिक नै कृषकको घरआगनमा पुगेर माटोको नमुना सङकलनं, माटोमा रहेको प्राथमिक खाधतत्व नाइट्रोजन, फस्फोरस, पोटासियम प्राङ्गरिक पदार्थ र पि एच मापन गरिएको थियो ।
परिक्षण गरिएको धेरै जसो माटो मा अम्लियपना बढी भएको, पोटासको मात्रा मध्यम र फस्फोरसको मात्रा न्यून भएको पाइएको फलेवास नगरपालिका कृषि अधिकृत सन्तोष सुवेदीले जानकारी दिए।
फलेवास नगरपालिकाले कृषकले नमुना लिदा सहि तरिकाले लिन नसक्ने र त्यहि कारणले गलत नतिजा आउने हुदा फरक तरिकाले यस कार्यक्रमको आयोजना गरेको कृषि अधिकृत सुबेदीले जानकारी दिए।
उक्त कार्यक्रम फलेवास नगरपालिकाको आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा कास्की को प्राबिधिक सहयोग मा सम्पन्न भएको हो।
शिविर मा पाङराङ्ग मा ८४ वटा र थापाठानामा ९२ ओटा नमुना परिक्षण भएको छ ।
उक्त शिविरमा फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले कृषि व्यावसायिकरणमा कृषकहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले किसान मैत्री कार्यक्रमलाई जोड दिएको बताए ।
त्यसैगरि कृषि र पशुपालनबाट नगरको समृद्धिको आधार तयार पारेको बताउदै कृषि उत्पादनमा वृद्धि गर्नको लागि माटो परिक्षण शिबिर आयोजना गरिएको बताए ।
माटो परिक्षणले कुन ठाउँमा कस्तो खालको उत्पादन हुन्छ भन्ने थाहा हुने र सोही अनुसार कृषिका कार्यक्रम संचालन गरिने उनले जानकारी दिए ।
नगरले कृषिका कार्यक्रमलाई प्रभावकारी बनाउन कृषकहरुलाई प्रोत्साहन गर्दै वास्तविक कृषकलाई अनुदान प्रदान गरेको बताए।
नगरको कृषि उत्पादनमा वृद्धि गर्नको लागि आधुनिकीकरण र प्रबिधिकरणमा बिशेष जोड दिएको शर्माले उल्लेख गरे ।
शिविरको नतिजा प्रश्चात फेरि कृषकको घरआगनमा आउने नगरप्रमुख शर्माले प्रतिबद्धता जनाए ।
माटो परिक्षण शिविरमा फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, प्रशाशकिय अधिकृत मुक्तिराम रिजाल, फ न पा ८ का वडा अध्यक्ष मन बहादुर कुवर, फ न पा १ कार्किनेटा का वडा अध्यक्ष बाबुराम शर्मा , फ न पा २ का वडा अध्यक्ष गङ्गा नारायण श्रेष्ठ, नगरपालिका योजना ब्यबस्थापक देबि प्रसाद तिमिल्सिना आर्थिक बिकास शाखा प्रमुख टुकनाथ तिवारी ,पशु स्वास्थ्य प्राबिधिक प्रताप पौडेल लगायत को उपस्थिती रहेको थियो ।























