देश/प्रदेश
सिरहामा कोरोना आशंका, नौ जना बिरामीलाई जनकपुर पठाईयो
०

सिरहा, चैत ३–
सिरहामा नौ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंका गरिएको छ ।
उनीहरु सबैलाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका–१० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको लक्षणसंग मिल्दोजुल्दो देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिएका छन् ।
उनका अनुसार केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको हो ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























