प्रदेश २

रेल सञ्चालनको तयारीका लागि यातायातमन्त्री जनकपुरमा,चाँडै सञ्चालनमा आउने

Banner

जनकपुर,फागुन ३०-

सरकारले रेल सञ्चालनका लागि विदेशी जनशक्तिलाई ल्याउने भएको छ । रेल सञ्चालनका लागि जनशक्ति आह्वान गर्दा समेत नेपाली नागरिकबाट दरखास्त नपरेपछि विदेशी जनशक्ति ल्याउने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।

जनकपुरस्थित रेल्वे स्टेशन र लिकको शुक्रबार अनुगमन गर्दै मन्त्री नेम्वाङले ६० देखि ६५ जनाको दरबन्दी तयार गरिए पनि नेपालीबाट दरखास्त नपरेको बताए । ‘हाम्रो उद्देश्य नै नेपालीलाई काममा लगाउनु थियो’ उनले भने, ‘तर नेपालीले उम्मेदवारी ददिएपछि अब विदेशीलाई नै ल्याएर रेल सञ्चालन गरिनेछ ।’

कानुनी प्रक्रिया पूरा गरी विदेशीलाई करारमा भर्ना गरिने उनले बताए । मन्त्री नेम्वाङले रेल सञ्‍चालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेर मिति तोकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>