Breaking News

पश्चिमी वायु सक्रिय हुँदा आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

०
Banner

काठमाडौं,कात्तिक २७ –

देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलकाअनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएपनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>