गण्डकी

गायक प्रकाश कटुवाल पुर्पक्षका लागि कारागार चलान

Banner

तनहुँ, फागुन ३०–

लोकदोहोरी गायक प्रकाश कटुवाल कारागार चलान भएका छन् । तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएसंगै कटुवाल थुनामा गएका हुन् ।

जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>