देश/प्रदेश

चितवनका दाहाललाई फिजीको समेत राजदूतको जिम्मेवारी

Banner

चितवन, फागुन ३०–

चितवन निवासी अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई नयाँ जिम्मेवारी थपिएको छ ।

राजदूत दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>