अन्तर्राष्ट्रिय

कोरोना प्रभाव : ह्वाइट हाउसमा ट्रम्पले गरे आयरल्यान्डका प्रधानमन्त्रीलाई नमस्ते

Banner

एजेन्सी

वासिङ्टन डिसी, फागुन ३०-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका छन्।

बिहीबार राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका हुन्।

विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न आग्रह गरेका छन्। यसो गर्दा कोरोना भाइरस सर्ने जोखिम कम हुन्छ।

‘हामीले आज हात मिलाएनौं,’ ट्रम्पले भने,’हामीले एकअर्कालाई हेर्यौं र अब के गर्ने भनेर भन्यौं। त्यो एक खालको अनौठो भावना थियो।’

उनले नमस्कार गर्ने चलन भारत भ्रमणबाट सिकेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>