राजनीति

होली खेलेर नुहाउन बाथरुम गएका नेविसंघ डडेल्धुरा सभापति भण्डारी मृत भेटिए

Banner

डडेल्धुरा,फागुन २६-

नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको मृत्यु भएको छ । आज (सोमबार) होली खेलेर नुहाउन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन् । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको अवस्थामा मृत भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। विभिन्न समाजिक कार्यमा संलग्न भण्डारी डडेल्धुरा कपडा बैंकका अभियन्ता समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>