वागमती
ललितपुर महानगरले माक्स उत्पादन थाल्यो,चाँडै वितरण गरिने
०

ललितपुर,फागुन २६-
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरु अपनाइएका छन् ।नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको बताइरहँदा बजारमा माक्स लगायत दैनिक उपभोग्य सामानको कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।
यसै सन्दर्भमा बजारमा मास्कको अभाव हुन थालेपछि ललितपुर महानगरपालिकाले मास्क उत्पादन गर्न शुरु गरेको हो । महानगरले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउन समेत आग्रह गरेको छ ।
सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार माक्स उत्पादन थालिएको महानगरले जनाएको छ। मौसमी रुघाखोकी लागेका व्यक्तिले मास्कको प्रयोग गर्दा आफू र अरु समेत सुरक्षित हुने भएकाले चाँडै मास्क वितरण गरिने प्रवक्ता राजु महर्जनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























