देश/प्रदेश

झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष

Banner

बनियानी, फागुन २६-

दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९)स्वास्थ्य सहायताकक्ष स्थापना गरिएको छ ।
झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरिन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए । सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ ।
सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदानप्रदानसमेत गरेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>