राजनीति
‘नेल्सन मन्डेलाजस्तै प्रधानमन्त्री केपी ओली’
०

काठमाडौं,फागुन २३-
नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र अफ्रिकी नेता नेल्सन मन्डेलामा समानता रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले अस्वेत नेता नेल्सन मन्डेलाले पनि राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएको र प्रधानमन्त्री ओलीले पनि लामो समय जेल जीवन बिताएकाले यी दुवै नेतामा समानता रहेको उल्लेख गरे ।
‘संसारको राजनीतिमा हेर्दा नेल्सन मन्डेलाको लाइनमा उहाँ हुनुहुन्छ । मन्डेलाले पनि लामो समय जेल जीवन भोगेका र नेपालमा प्रधानमन्त्रीज्यूले पनि लामो समय जेल जीवन बिताउनु भएको छ,’ सिलवालले भने । प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकले चाहिरहेको र प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट छिट्टनै फर्किने पनि उनले विश्वास व्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























