राजनीति

म छिट्टै काममा फर्किन्छुः प्रधानमन्त्री ओली

Banner

काठमाडौं,फागुन २२-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएका हुन्।

प्रधानमन्त्रीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्,सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ।’ छिट्टै म काममा फर्किन्छु। प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>