राजनीति
नेपालमा अहिलेसम्म कोरोना भाइरस भेटिएको छैनः मन्त्री खतिवडा

काठमाडौं,फागुन २२-
सरकारले नेपालमा अहिलेसम्म कोरोना भाइरस नभेटिएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका अर्थमन्त्री युवराज खतिवडाले सो कुरा बताएका हुन् । यस्तै सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ। सरकारले संक्रमण हुँनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।
खतिवडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताए। खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडी बढिरहेको बताए। कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनले बताए। लगानीका अवशर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने उनले जानकारी दिए।



























