राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पतालमा पुगे प्रचण्ड

Banner

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।प्रचण्ड ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको बुधबार बिहानदेखि मिर्गौला प्रत्यारोपण सुरु हुँदैछ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना भएका थिए ।

प्रचण्ड आफैं समेत अस्वस्थ भएपनि ओलीको अवस्थाबारे जानकारी दिन अस्पताल पुगेका हुन् । प्रचण्ड सामान्य रुघाखोकीका कारण अस्वस्थ भएका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछाडि पुनः प्रत्यारोपण गर्न लागिएको हो । सोमबार शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले अब्जरवेशनमा राखिएको छ । उनलाई मिर्गौला दिनका लागि भान्जी समीक्षा संग्रौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>