राजनीति
काँग्रेसद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना
०

काठमाडौं,फागुन १९-
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
सभापति देउवाले मिर्गौला पुनःप्रत्यारोपणका लागि आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । “प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु”, सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























