देश/प्रदेश
देउवाको प्रश्नः गोकुल बास्कोटामाथिको छानविनमा किन ढिलाई ?
०

काठमाडौं, फागुन १८–
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ७० करोड घुस प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटामाथि छानविन नभएको भन्दै कडा आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सभापति देउवाले पूर्वसञ्चारमन्त्री बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाए । उनले प्रश्न गरे–‘अडियो सार्वजनिक भएको एकसाता भइसक्यो, छानविन गर्नमा किन ढिलाई ?’
उनले थप्दै भने– ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस् ।’
सभापति देउवाले बास्कोटालाई छानविन गर्नुको साटो प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत आपत्ति जनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























