राजनीति

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाब : बाँस्कोटाको प्रवक्ता नबनिदिनोस् कृपया !

Banner

काठमाडौं, फागुन १६-

नेपाली कांग्रेसका प्रवक्‍ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्री केपी ओलीलाई सुझाबपत्र लेखेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन माग गरेको अडियोबारे निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि प्रवक्‍ता शर्माले सुझाब पत्र लेखेका हुन् ।

उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीलाई सुझाब पत्र ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया । अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ अडियोको प्राविधिक परिक्षणसम्म यहाँले नै ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>