राजनीति

अर्थमन्त्रीलाई गगनले भनेः बहस कहाँ गर्ने संसदमा कि माइतीघर मण्डलामा ?

Banner

काठमाडौ‌ं फागुन,१६-

नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् । मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ थापाले लेखेका छन्, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>